वर्षाको कारण नेपाल र हङकङबीचको पहिलो खेल रोकियो 

आइतबार, फागुन २७, २०८०

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रोकिएको छ । 
आइतबार मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालले जारी खेलमा एक विकेट लिएको छ । नेपालका करण केसीले पहिलो बलमै हङकङका मार्टिन कोट्जेलाई गुल्शन झाको हातबाट क्याच आउट गराए । 
चार ओभरको खेल सकिँदा हङकङले १ विकेट गुमाएर ४३ रन जोडेको छ । जारी खेलमा पानी परेपछि खेल रोकिएको हो । 
आजबाट शुरु भएको नेपाल,पपुवा न्युगिनी र हङकङबीचको सिरिजको फाइनल मार्च १३  तारिखमा । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टि२० खेल खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार