‘हेड टु हेड’मा नेपाललाई स्वर्ण

शनिबार, फागुन २६, २०८०

काठमाडौं । नेपालले एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ ।  उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण जितेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् । भारतको हिमाचल प्रदेशस्थित सिमलामा भएको प्रतियोगिताको स्लालममा ८० अंकसाथ नेपालले रजत जित्यो । डाउन रिभरमा ६० अंक जोडेको नेपाल चौथो भयो ।
समग्र टिममा भने नेपाल दोश्रो स्थानमा रह्यो । नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर छन् ।

6-1709990909.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार