हङकङसँग नेपाल ७३ रनले पराजित

शनिबार, फागुन २६, २०८०

काठमाडौं । मैत्रीपूर्ण टी–२० आई को पहिलो खेलमा हङकङसँग नेपाल ७३ रनले पराजित भएको छ । हङकङले दिएको दुई सय २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो । नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए ।  त्यस्तै, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रनको योगदान दिए । 
घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।
नेपालका लागि डेब्यु गरेका तीव्र गतिका बलर आकाश चन्द्रले सर्वाधिक ३ विकेट लिए । त्यस्तै।, रसिद खान, प्रतिश जिसी र आरिफ शेखले एक–एक विकेट लिए ।

Photo-(2)-1709969666.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार