राष्ट्रिय टी–२० क्रिकेट : सुदूरपश्चिम र पुलिस क्लब भिड्दै

शुक्रबार, फागुन २५, २०८०

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज(शुक्रबार) हुने खेलमा सुदूरपश्चित प्रदेश टिम र नेपाल पुलिस क्लब भिड्दैछन् ।
खेल बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ ।
यसअघि हिजो भएको खेलमा लुम्बिनी प्रदेश टिम विजयी बनेको थियो । उसलेसुदूरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गरेको थियो ।
यसैगरी, दोस्रो खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई ३ विकेट पराजित गरेको थियो ।प्रतियोगिता अन्तर्गतका खेलहरु लिग कम नकआउटको आधारमा भइरहेको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख रुपैयाँसहित ट्रफी तथा उपविजेता टिमले ३ लाख र ट्रफी प्राप्त गर्नेछ ।
चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली गरी १० टिम सहभागी छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार