राष्ट्रिय टी–२० क्रिकेटः लुम्बिनी प्रदेश र मधेश विजयी

बिहीबार, फागुन २४, २०८०

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् । 
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा विहिबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी  प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा १७ दशमलव १ बलमा सवै विकेट गुमाई ९० रनमा सीमित भयो । गण्डकीका लागि दिपक डुम्रेले २८ रन बनाउँदा इश्वर क्षेत्रीले १८ रन र समिर कँडेलले ११ रनको योगदान दिए । लुम्बिनीका प्लेयर अफ द म्याच वीर मगरले ४ विकेट लिए । उनले३ दशमलव १ बलमा १६ रन खर्चेका थिए । निर्मल गुरुङ र कृष्ण कार्कीले समान २–२ विकेट बाँडे । 
जवाफमा ९१ रनको लक्ष्य पाएको लुम्बिनीले १६ दशमलव १ बलमा ३ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । लुम्बिनीका देव खनालले  ३४ रन जोड्दा आकाश त्रिपाथी २९ रनमा अविजित रहे । देवले २७ बलमा २ छक्का र ३ चौका प्रहार गरे । गण्डकीका सुवास भण्डारीले २ विकेट लिँदा सन्दिप पराजुलीले १ विकेट लिए । आजै भएको दोस्रो खेलमा मधेश प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय १७ रनमा सीमित भयो । कोशीका श्रवण यादवले ९ बलमा २ छक्का र १ चौका प्रहार गरी २३, फिरदोस अन्सारीले २२ रन, दिपेश कँडेलले अविजित २१ रन र सुजन थपलियाले १६ रनको योगदान दिए । मधेशका प्लेयर अफ द म्याच अविनाश तिबारीले ३ विकेट लिँदा रन्जित कुमारले ३ विकेट लिए । तिवारीले ४ बलमा १ रन दिए । राजेश यादव र हरिशंकर साहले २–२ विकेट लिए । 
 
जवाफमा १ सय १८ को लक्ष्य पछ्याएको मधेशले १९ दशमलव ३ बलमा ७ विकेट गुमाई लक्ष्य पार गरेको छ । मधेशका लागि अरनिको यादवले २७ रन बनाउँदा  मयन यादवले २४ रन र अविशेक तिवारीले १८ रनको योगदान दिए । 

कोशीका दिपेश कँडेलले ३ विकेट लिए । दिपेशले ४ ओभरमा किफायती बलिङ गर्दै १२ रन दिए । त्यस्तै फिर्दोस अन्सारी, भुपाल लुइेटेल र अंकित सुवेदीले समान १–१ विकेट लिए । 

शुक्रबारको पहिलो खेल सुदुरपश्चिम प्रदेश र नेपा प्रहरी तथा दोस्रो खेल कर्णाली प्रदेश र त्रिभुन आर्मी क्लबबीच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार