शिव पार्वती रथयात्रा भब्य रुपमा सम्पन्न, १०८ फिट अल्लो मूर्ति निर्माण द्रुत गतिमा

बिहीबार, फागुन २४, २०८०

काठमाडौं । शिवरात्रिको पूर्वसन्ध्यामा मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा शिव पार्वती रथयात्रा फागुन २३ गते सम्पन्न भएको छ । ललितपुरको बालकुमारी मन्दिरबाट दर्जनौं गाडीमा हजारौं संख्यामा भक्तजन बाजागाजा तथा झाँकी जुलुशसहित भक्तपुर सुडालको कलमसिमा १०८ फिट अल्लो कल्पेश्वर महादेवको शिवमूर्ति भएको स्थानमा पुगेका थिए । शिवरात्रिको सो अवसरमा १०८ फिट अल्लो मूर्ति भएको मन्दिर परिसमा विशेष पूजा–आजा समेत सम्पन्न गरिएको थियो ।  
कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा सदस्य भक्तपुर २ नं क्षेत्रका सासंद दुर्लब थापा, विशिष्ट अतिथि प्रदेश सासंद सुरेश श्रेष्ठ, पूर्वराज्यमन्त्री तारामान गुरुङ, अर्का आर्कषक ब्यक्ति अन्तर्राष्ट्रिय गुरु स्वामी श्री १००८ सत्यदेव महाराजको समेत उपस्थिति रहेको थियो । प्रमुख अतिथि दुर्लभ थापाले एउटा सामान्य परिवारमा जन्मेर शिवतान्त्रिक बुद्धिकुमार गुरुले अत्यन्तै सह्रानिय काम गरेको बताए । उनले भने, ‘यस ठाउँमा १०८ फिट अल्लो कल्पेश्वर महादेवको मूर्ति निर्माणले भक्तपुर चाँगुनारायणको मात्र होइन देशको पहिचानलाई नै उच्च राख्ने छ । दुईवर्ष भित्रै यहाँका सम्पूर्ण कामहरूलाई सक्नुपर्छ । धार्मिक पर्यटनको रुपमा यस ठाउँलाई विकास गनुपर्छ ।’ 

431223801_358086943865392_2202751623761182650_n-1709815756.jpg

कार्यक्रमको अध्यक्षता गरेका मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुले भक्तजनहरूलाई आशिरवचन समेत दिएका थिए । उनले भने, ‘हामी सबै नेपाली आमाका सन्तान हौं, हामी सबैको जिवन अत्यन्त छोटो छ । हामी सधँै सत्यको मार्गमा हिँड्नु पर्छ । मनुष्य जिवन अत्यन्त महत्वपूर्ण छ । यो छोटो जिवनमा हामी सबैले परमार्थको काम गर्नुपर्छ ।’ उनी भन्छन, ‘मैले यस ठाउँमा १०८ फिट अल्लो कल्पेश्वर महादेवको मूर्ति निर्माणको काम जसरी पनि पूरा गर्ने अठोट लिएको छु । बरु एक छाक खान किन छाड्नु नपरोस् । तर पूरा गर्दछु ।’ सो काम गर्न अहिलेसम्म १४ करोड रुपैयाँ खर्च भएको समेत उनले बताएका छन् । 
शिव पार्वती रथ यात्राको कार्यक्रममा स्वामी श्री १००८ सत्यदेव महाराजले समेत भक्तजनहरुलाई आशिरचन दिएर भक्तजनहरूलाई उत्साहित गरेका थिए । उनले भने, ‘हाम्रो जीवन सधैँ आनन्दमय होस् कसैमा वैरभाव नहोस् । सारा संसार शान्तिमय होस् । नेपाल आमाको काँखमा धेरै शन्तहरू जन्मे तर बुद्धिकुमार गुरुको काम असाधारण छ ।’ कार्यक्रममा अतिथिका रुपमा राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, चाँगुनारायण नगरपालिकाका ८ नं वडा अध्यक्ष जनक खत्री, पूर्व प्रदेशमन्त्री कृष्णलाल भडेल, बागमती प्रदेशका मुख्यमन्त्रीका सल्लाकार डिपी ढकालको समेत सहभागिता रहेको थियो । शान्तिको कामना गर्दै ६ वटा सेतो परेवा समेत सो अवसरमा उडाइएको थियो । 
मानव कल्याण आध्यात्मिक प्रतिष्ठान आफ्नो प्रस्तावना र उद्देश्य अनुरुप मानव कल्याणका महत्वपूर्ण कार्य तथा धार्मिक प्रचार प्रशारमा लागिरहेको छ । धार्मिक कार्यलाई विज्ञानसँग र सेवासँग जोड्दै अघि बढिरहेको छ । गुरुको संरक्षकत्वमा प्रतिष्ठानले १०८ फिटको विश्वको सबैभन्दा ठूलो शिवमूर्ति बनाउँदैछ । ५४ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा शिव पार्वती मन्दिर २७ फिट नाग देवता, २७ धारा गोसाइकुण्ड, विष्णुकुण्ड, विधालय, पुस्तकालय, बाल आश्रम, वृद्धाश्रम, अतिथि गृह, भोजनालय, फनपार्क, गौमाता गृह, प्रवेशद्धार जस्ता कार्यहरू गर्दैछ । यहाँ २६ ओटा परियोजना समावेश छन् । समग्र परियोजना सम्पन्न हुन १ अर्ब भन्दा बढी लागत लाग्ने अपेक्षा गरिएको छ । यो परियोजना सम्पन्न गर्नका लागि शिवतान्त्रिक गुरु, विभिन्न संघ सस्था, सरकारी निकाय तथा भक्तजनहरूको सहयोग लिइ अहोरात्र खटिएका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार