कुशल मल्लले तोडे लेभिट र ओडाउटको पार्टनरसिप

मंगलबार, फागुन २२, २०८०

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० आई त्रिदेशीय सिरिजको जारी फाइनल खेलमा नेपालका कुशल मल्लले लेभिट र ओडाउटको पार्टनरसिप तोड्दै एकै ओभरमा दुई विकेट लिएका छन् ।  
ओपनर द्वय माइकल लेभिट र म्याक्स ओडाउटको ८४ रनको पार्टनरसिप कुशल मल्लले नवौं ओभरमा पुगेर तोडे । 
१ सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डस्का म्याक्सो डाउटलाई नवौं ओभरको पहिलो बलमा कुशल मल्लले दिपेन्द्र सिंह ऐरिको हाटबाट क्याच गराए ।   २३ बलको सामना गरेका डाउटले २२ रन जोडे । 
यस्तै,सोही ओभरको चौथो मल्लकै बलमा रोहितको हातबाट माइकल लेभिटलाई क्याच आउट गराए । २९ बलमा लेभिटले  ६ चौका र ३ छक्का प्रहार गर्दै ५४ रन जोडेका थिए ।   
यो समाचार तयार पार्दासम्म नेदरल्यान्डस्ले १०६ रन बनाएर खेलिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार