जारी टी–२० आई त्रिदेशीय सिरिजमा नेपालले गुमायो दास्रो विकेट 

मंगलबार, फागुन २२, २०८०

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले दोस्रो विकेट गुमाएको छ । 
कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेल आउट भएका छन् । १९ बलको सामना गरेका उनलाई माइकल लेभिटले क्याप्टेनको हातबाट क्याच आउट गराए ।  क्याप्टेन पौडेल आउट हुँदा २५ रन बनाएका थिए । 
यसअघि २३ रन जोड्दा ओपनर कुशल भुर्तेल आउट भएका थिए । नेपालले आफ्नो पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । दुई छक्का सहित २० रन बनाएका भुर्तेललाई नेदरल्याण्ड्सका भ्यान डेरले चौथो ओभरको तेस्रो बलमा बोल्ड गरे । 
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ११ ओभर सकिँदा दुई विकेट गुमाएर ९४ रन बनाएर खेलिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार