टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि नेपाल र नेदरल्यान्ड्स भिड्ने 

आइतबार, फागुन २०, २०८०

काठमाडौं । काठमाडौंमा जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ । 
आइतबार भएको नेदरल्यान्ड्स र नामिबियाविरुद्धको खेल वर्षाले विथोलिएपछि नेपाललले उपाधीका लागि नेदरल्यान्ड्ससँग भिड्ने पक्का भएको हो । 
टीयू क्रिकेट मैदानमा १५ ओभरमा नामिबियाले ४ विकेटको क्षतिमा ९८ रन बनाएपछि वर्षा सुरु भएको थियो । त्यसपछि खेल सम्भव नभएपछि दुवै टोलीले एक–एक अंक बाँडेका हुन् । 
४ खेलपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्ष स्थानमा रह्यो । नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । नामिबिया ३ अंकसहित तेस्रो स्थानमा सीमित बन्यो ।
फाइनल खेल मंगलबार हुनेछ । 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार