नेदरल्यान्ड्स र नामिवियाबीचको खेल जारी, नेदरल्यान्ड्सले टस जितर फिल्डिङ रोज्यो 

आइतबार, फागुन २०, २०८०

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि निर्णायक मानिएको आजको खेलमा नेदरल्यान्ड्सले पहिले फिल्डिङ गरिरहेको छ ।  
टीयु क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएसँगै नामिविया व्याटिङ गरिरहेको छ ।
आजको खेलमा नामिवियाले फाइनलमा पुग्न नेदरल्यान्ड्स विरुद्ध फराकिलो  जित हात पार्नुपर्ने हुन्छ । नेदरल्यान्ड्स भने आजको खेलमा विजयी भएमा सोझै फाइनलमा पुग्नेछ । नेदरल्यान्ड्स कम अन्तरको हारमा पनि नेटरनरेटमा माथि रहँदै फाइनल खेल्ने सम्भावना बढी छ । 
नेदरल्यान्ड्स र नामिवियाले  आजको खेलमा एक,एक खेलाडि टोलीमा परिवर्तन गरेका छन् । नेदरल्यान्ड्सले काइल केलिनको स्थानमा ब्याटर विक्रमजित सिंहलाई टोलीमा समावेस गर्दा नामिवियाले माइकल भान लिंगेनको स्थानमा शन फौसीलाई मौका दिएको छ ।
जारी सिरिजमा नेदरल्याण्ड्स ३ खेलमा एकमा हार र दुई खेलमा जित निकाल्दै चार अंकाका साथ पहिलो स्थानमा छ । नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ तेस्रो स्थानमा रहँदा नेपाल ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरिसकेको छ । 
सिरिजको फाइनल मंगलबार हुनेछ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार