प्रतिकुल मौसमका कारण फागुन २२ लाई सर्यो गौरीगंगा गोल्डकप 

आइतबार, फागुन २०, २०८०

धनगढी । कैलालीको गौरीगंगामा हुने भनिएको चौथो संस्करणको गौरीगंगा गोल्डकप प्रतिकुल मौसमका कारण तीन दिन पछि सारिएको छ । 
शनिबार उद्घाटनको तयारी गरेको आयोजकले कैलालीमा लगातार बर्षा भएपछि उद्घाटन समारोह सहित प्रतियोगिता तीन दिन पछि सारिएको जनाएको हो । 
यसअघि फागुन १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने भनिएको प्रतियोगिता अब भने फागनु २२ गतेदेखि चैत १ गतेसम्म आयोजना गरिने आयोजक गौरीगंगा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 
यसअघि प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले गर्ने तय भएको थियो । 
प्रतियोगिता तीन दिन पछाडी सरेपनि खेल तालिका भने यथावत राखिएको छ । यसअघि सार्वजनिक गरिएको खेल तालिका अनुसार नै खेलहरु आयोजना हुने आयोजकले जनाएको छ । 
प्रतियोगिताको उद्घाटन खेल घोडाघोडी युवा क्लब र सुदूरपश्चिम–११ स्पोर्टस क्लबका बीचमा हुने छ । गौरीगंगाको लिक्मा खेल मैदानमा सञ्चालन हुनेछ । कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यो सिजन १० टोलीको सहभागिता रहेको छ । 
यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार