झापा गोल्डकप : पुलिस क्लब र चर्च ब्वाइज भिड्दै

आइतबार, फागुन २०, २०८०

विराटनगर । झापा गोल्डकप फुटब प्रतियोगिताअन्तर्गत आज आइतबार विभागीय टिम नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदैछ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यी दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुने आयोजकले जनाएको छ ।
यसअघि हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा संकटा फुटबल क्लब काठमाडौंलाई ४–२ गोलले हराउँदै विभागीय टिम एपीएफ विजयी बनेको थियो ।
टाइब्रेकरमा एपीएफले संकटलाई हराएको हो । खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भएका थिए ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगितामा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद १३ लाख, उपविजेताले ७ लाख, ट्रफी पाउने छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार