‘पत्रकार उपचार कोष’लाई झापा गोल्डकपद्वारा एक लाख एक हजार १११ रुपैयाँ सहयोग

आइतबार, फागुन २०, २०८०

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’ लाई झापा गोल्डकपले सहयोग गरेको छ । ‘अर्ना छैठौं झापा गोल्डकप’ उद्घाटन समारोहको अबसर पारेर शनिवार झापा गोल्डकपले पत्रकार उपचार कोषका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र प्रमुख अतिथि सभामुख देवराज घिमिरेले पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीलाई सहयोग रकम हस्तान्तरण गरे । पत्रकारहरूको उपचारका लागि स्थापना गरिएको कोषको रकम १ करोड नजिक पुगेको महासंघका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए ।
गोल्ड कपलाई सफल बनाउन झापाली पत्रकारहरूले ठूलो सहयोग गरेको भन्दै अर्ना छैठौं गोल्डकपको प्रिइभेन्ट प्रेस मिटमा अध्यक्ष बस्नेतले उक्त रकम सहयोग गर्ने घोषणा गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार