शीर्ष स्थानको लिभरपुल विजयी 

आइतबार, फागुन २०, २०८०

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल विजयी भएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नटिङघम फरेस्टलाई अन्तिम समयमा एक गोल गर्दै पराजित गरेको हो ।
लिभरपुलले दोस्रो हाफको अतिरिक्त नवौं मिनेटमा गोल गरेको थियो । लिभरपुलका लागि डार्विन नुनेजले एलेसिस एलिस्टरको पासमा गोल गर्दै स्पष्ट ३ अंक दिलाए । जितसँगै लिभरपुलले २७ खेलबाट ६३ अंक बनाएको छ । नटिङघम फरेस्ट भने समान खेलबाट २४ अंकका साथ १७ औं स्थानमा छ ।

यसैगरी प्रिमियर लिगमा चेल्सी र ब्रेन्टफोर्डले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । उता, वेस्टह्यामले भने एभर्टनमाथि ३–१ गोलको जित पक्का गरेको छ । त्यसैगरी फुलह्यामले ब्राइटनलाई ३–० गोल अन्तरले पराजित गर्दा न्युक्यासलले वुल्भ्सलाई पनि ३–० कै नतिजामा स्तब्ध बनायो । 
टोटनह्यामले क्रिष्टल प्यालेसलाई ३–१ गोल अन्तरले पराजित गर्दा एस्टन भिल्लाले लुटनमाथि ३–२ गोल अन्तरले जित निकालेको छ ।  

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार