मच्छिन्द्रले जित्यो केपी ओली कप 

आइतबार, फागुन २०, २०८०

काठमाडौं ।  दोस्रो संस्करणकोे केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा न्युरोड टिम (एनआरटी) लाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो । निर्धारित अवधिमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

न्युरोड टिमका विवेक पेनाल्टी सुटआउटमा गोल गर्न चुके ।  पेनाल्टी सुटआउटमा न्युरोड टिम चुकेसँगै मछिन्द्र नगद १० लाख रुपैयाँ राशिसहितको उपाधि उचाल्न सफल भएको हो । उपविजेता एनआरटीले ५ लाख राशिमा चित्त बुझाएको छ ।  एमाले भ्रार्त संगठन राष्ट्रिय य्वा संघको आयोजनामा भएको प्रतियोगितामा दुई विदेशीसहित १० टिमको सहभागिता थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार