चम्किए प्रतिस, एकै खेलमा लिए ३ विकेट 

शनिबार, फागुन १९, २०८०

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्यान्ड्स विरुद्ध बायाँहाते तीव्र गतिका बलर प्रतिस जिसीले ह्याट्रिक पूरा गरेका छन् । जिशीले जारी खेलमा व्यत्तिगत ३ विकेट लिन सफल भएका छन् । 
यसअघि ८औँ ओभरमा दुई विकेट लिएका जिसीले चौधौं ओभरको तेस्रो बलमा आफ्नो तेस्रो विकेटमा तेजा निदामानुरुलाई पोलिभियन फर्काए । १४ बलको सामना गरेका निदामानुरुले आउट हुँदा जम्मा ५ रन जोडेका थिए । 


८औँ ओभरमा बलिङ गर्न आएका जिसीले नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड र म्याक्स ओडाउडलाई बोल्ड आउट गराएका थिए । एडवार्डलाई पहिलो बलमै बोल्ड आउट गराएका जिसीले आफ्नो पाँचौ बलमा ३ रन खर्चेर ओडाउडलाई पनि आउट गराएका हुन् । 
२४ बलको सामाना गरेका ओडाउडले ३१ रन बनाउँदा कप्तान एडवार्डले २१ बलमा १८ रन बनाएका थिए । टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले नेदरल्याण्ड्स विरुद्ध आफ्नो दबदबा कायम राखेको छ । 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार