विकेटको वर्षा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले दियो १ सय २१ रनको लक्ष्य 

शनिबार, फागुन १९, २०८०

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्यान्ड्सले नेपालसामु १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरको खेलमा ३ बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय २० रनमै समेटियो । 
सुरुआतबाटै बलिङमा आफ्नो दबदबा कायम राखेको नेपालका लागि तिब्र गतिका बायाँहाते बलर प्रतिश जिसी र दिपेन्द्र सिंह ऐरिले सर्वाधिक ३-३ विकेट लिए । यस्तै, करण केसी, कुशल मल्लले पनि समान २-२ विकेट लिए । 


करण केसीले पहिलो ओभरकोे चौथो र अन्तिम बलमै नेदरल्याण्ड्सको २ विकेट झारे । उनले पहिलो ओभरको चौथो बलमा माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए भने अन्तिम बलमा स्याब्रान्डालाई आसिफ सेखबाट क्याच आउट गराएका थिए । 
नेपालका बलर प्रतिश जिसीले ८ औँ ओभरमा दुई विकेट मात्र लिएनन् उनले नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड र म्याक्स ओडाउडलाई बोल्ड आउट गराए । एडवार्डलाई पहिलो बलमै बोल्ड आउट गराएका जिसीले आफ्नो पाँचौ बलमा ३ रन खर्चेर ओडाउडलाई पनि आउट गराए । 


२४ बलको सामाना गरेका ओडाउडले ३१ रन बनाउँदा कप्तान एडवार्डले २१ बलमा १८ रन बनाएका थिए । ९ औं ओभरको पाँचौ र छैटौं बलमा लगातार विकेट लिंदै पार्टटाइम स्पिनर कुशल मल्लले नेपाललाई छैटौं सफलता दिलाएका थिए । मल्लले पाँचौ बलमा नोहाक क्रसलाई अभिनाश बोहोराबाट क्याच गराउँदा छैटौं बलमा आर्यन दत्तलाई आउट गराए ।  टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरबाटै  नेदरल्याण्ड्सलाई दबाबमा राखेको थियो । 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार