साफ यू–१६ महिला फुटबलः नेपालले बंगलादेशसँग खेल्दै

शनिबार, फागुन १९, २०८०

काठमाडौं । राजाधानीमा शुक्रबारदेखि सुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल खेल्दै छ ।  च्यासल मैदानमा नेपालले आज दिउँसो ३ बजे पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । शुक्रबार भएको उद्घाटन खेलमा भारतले भुटानमाथि ७–० को जित निकालेको थियो ।  साफ यू–१६ महिला फुटबलमा नेपाल, भारत, भुटान र बंगलादेशसहित चार टिमले सहभगीता जनाएका छन् । राउन्ड रोविन अनुसार सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।  

नेपाली टिमः
गोलरक्षकः रुपमा झरना डुम्राकोटी, सुनिता स्याङ्तान  र लक्ष्मी ओली ।

स्ट्राइकरः पूजा गिरी, अनिता रानामगर, यामकुमारी बिके र पूर्णिमा थारु ।

मिडफिल्डरः भूमिका बुढाथोकी, आशिका कार्की, बविता कार्की, आयुषा रौले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना बिके र सविना तामाङ । 

डिफेन्डरः दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिषा तामाङ, अंशु बिके, मीनामाया श्रेष्ठ, एलिजा बिके र ग्यान्सु डोल्मा लो । 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार