त्रिकोणात्मक टी–२०  सिरिज :  फाइनल पुग्न आज नेदरल्याण्ड्सलाई हराउनै पर्ने दबाबमा नेपाल 

शनिबार, फागुन १९, २०८०

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरुहुने छ ।  नेदरल्याण्ड्स लगातार दुई खेलमा जित निकाल्दै फाइनल नजिक रहेको छ भने नेपालले एक खेलमा मात्रै जित निकालेको छ । नेपाल फाइनल पुग्नका लागि आजको खेलमा नेदरल्याण्ड्सलाई हराउनै पर्ने दबाबमा छ । आजको खेलमा नेपाल विजयी हुने र आइतबार नेदरल्याण्ड्सले नामिबियालाई हराउँने हो भने नेपाल फाइनलमा पुग्ने छ । नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग २० रनले पराजित हुँदा नेदरल्याण्ड्सँसग २ रनले पराजित भएको थियो । शुक्रबार भने नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित निकाल्दा फाइनल खेल्ने सम्भावना जिवितै रहेको छ । त्यसैले आजको खेलमा नामिबियालाई हराउनै पर्ने दबाब नेपाली टोलीमाथि छ ।  नामिबियाविरुद्ध नेपालका कुशल मल्ल, गुलसन झा, अनिल साहले ब्याटबाट उत्कृष्ट प्रदर्शन गर्दा बलिङतर्फ करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई ÷दुई विकेट लिएर खेल जिताए । करण महँगो सावित भए पनि उनैले अन्तिम डेथ ओभरमा नेपाललाई तीन रनको रोमाञ्चक जित दिलाएका थिए ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार