करणको उत्कृष्ट बलिङमा नामिबियामाथि नेपालको रोमाञ्चक जित

शुक्रबार, फागुन १८, २०८०

 काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालले नामिबियालाई पराजित गरेको छ । 
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले ७ विकेट गुमाएर निर्धारित ओभरमा १७७ रनमा समेटियो । 
नामिबियालाई ३ रनले पराजित गरेको नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।
नामेबियाका लागि २५ बलको सामना गरेका क्याप्टेन जेजे स्मिथ सर्वाधिक ५० रन बनाएर क्याच आउट भए । नामिबियाका लागि खेलको १७ आँै ओभर निकै महत्वपूर्ण रह्यो । उक्त ओभरमा दुई चौका, एक छक्कासहित १८ रन बनायो । 
नेपालका लागि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए ।  खेलको १।३ ओभरमा सोमपाल कामीले ओपनर मलान क्रुगरलाई ३ रनमा आउट गराए । यस्तै कामीले ७।२ ओभरमा जेपी कोट्जेलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराए । २२ बलको सामना गरेका कोट्जेले २५ रन बनाएर पेभिलियन फर्किएका थिए । अविनाश बोहराले पनि एक विकेट लिए । 
अर्का बलर करण केसीले आफ्नो नाममा २ विकेट राखे । खेलको ५।३ ओभरमा अर्का ओपनर इकल भान लिंगेनलाई आउट गराएका उनले खेलको अन्तिम ओभरको पाँचौ बलमा सन्दीप जोराको हाटबाट आर ट्रम्पलम्यानलाई क्याच आउट गराए । 
निकै रोचक भएको खेलमा केसीको अन्तिम १९ ओभरको बलिङ नेपाललाई जिताउन अविश्वसनीय साबित भयो । 
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतकको ९५५ रनमा नट आउट० मद्दतमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो । 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार