१४ औँ राष्ट्रपति रनिङ शिल्ड बैशाख ४ देखि

बिहीबार, फागुन १७, २०८०

काठमाडौं । १४ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी बैशााख ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिताको मिति निर्धारण गरेको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रतियोगिता २०८१ साल बैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो । 
अहिले जिल्लास्तरीय खेलकुद सकिएर प्रदेशस्तरका प्रतियोगिताहरू भइरहेका छन् । त्यहाँबाट छनोट भएका खेलाडीहरूले राष्ट्रिय प्रतियोगिता खेल्ने छन् । अहिले ७५३ वटै स्थानीय तहबाट खेलाडी छनोट भइसकेको राखेपले जनाएको छ । प्रतियोगिताको समुद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आमन्त्रण गर्ने राखेपले निर्णय गरेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार