पहिलो टी–२० आईमा नामिबियासँग २० रनले हार्‍यो नेपाल 

मंगलबार, फागुन १५, २०८०

काठमाडौं  त्रिकोणात्मक टी–२० आई श्रृंखलाको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ । टीयू क्रिकेट मैदान २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रन मात्र बनाउन सक्यो ।  नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रनको योगदान दिए ।  यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो । लोफ्टी इटनले १०१ रन बनाए । त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडेका छन् । मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए । लोफ्टी इटनले ३३ बलमै शतक पूरा गर्ने क्रममा ११ चौका र ८ छक्का हानेका छन् । मुलान क्रुगरले ५९ रन बनाए भने माइकल भान लिंगेनले २० रन बनाए । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक÷एक विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार