यू १९ महिला क्रिकेट टोलीको प्रशिक्षकमा महेशप्रसाद रिजाल नियुक्त

सोमबार, फागुन १४, २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) १९ वर्षमुनिको महिला क्रिटेट टोलीको प्रशिक्षकमा महेशप्रसाद रिजाललाई नियुक्त गरेको छ । सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगितालाई ध्यानमा राखेर प्रशिक्षक नियुक्त गरेको क्यानले जनाएको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले संयुक्त रुपमा नेपाल र बंगलादेशलाई सन् २०२७ को यू–१९ महिला विश्वकप आयोजना गर्न भनेको छ ।
त्यो प्रतियोगितलाई मध्यनजर गर्दै क्यानले मिसन २०२७ भनेर यू–१६ महिला अन्तर स्कूल ट्यालेन्ट हन्ट तथा प्रशिक्षणका कार्यक्रमलाई सातै प्रदेशमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, क्यानले प्रतियोगिता समितिको संयोजकमा दिवाकर घले, प्राविधिक समिति संयोजक विक्रम विष्ट, विकास समिति संयोजक धिरेन्द्र सावद र महिला क्रिकेट विकास समिति संयोजकमा प्रदीप मजगैंयालाई नियुक्त गरेको छ । क्यानले नेपाल ए टिमको प्रमुख प्रशिक्षकको रुपमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र प्रशिक्षकमा कलाम अलीलाई नियुक्त गरेको पनि विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार