आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपालले पहिले व्याटिङ गर्ने 

आइतबार, फागुन १३, २०८०

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको छ । टियू क्रिकेट मैदानमा गरेको टस जितेर नेदरल्याण्ड्सले बलिङ रोजेको छ ।  नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ । आजको खेलमा नेपाली टिममा दुई खेलाडीको परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झाले खेल्दैछन् । जारी सिरिजमा नेपालले नामिबियासँग दुई खेल खेल्दा दुवै खेलमा पराजय भोग्दा नेदरल्याण्ड्सलाई भने एक खेलमा पराजित गरेको थियो । नेदरल्याण्ड्सले एक खेलमा नामबियालाई जित्दा अरु खेलमा भने पराजित भएको थियो ।  आजको खेलमा नेदरल्याण्ड्स नेपालविरुद्ध जित निकाल्दै पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज अन्त्य गर्ने लक्ष्यमा मैदान प्रवेश गर्दा नेपाल भने नेदरल्याण्ड्सविरुद्ध लगातार दोस्रो जितको खोजिमा हुने छ । नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म चार वटा एक दिवसीय क्रिकेट भएका छन् । जसमा दुवै टिमले समान दुई ÷दुई जित निकालेका छन् । 


 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार