नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

आइतबार, फागुन १३, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्षस्थानमा रहेर अन्तिम चारको यात्रा पक्का गरेको हो । नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्षस्थानमा पुगेको हो । 
नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले २ गोल गर्दा रेखा पौडेल र गीता रानाले १–१ गोल गरे । पहिलो हाफमा रेखाको पासमा साम्बाले गोलको खाता खोलेकी थिइन् । दोस्रो हाफमा साम्बाको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले गोल गरिन् ।

May be an image of 7 people, people playing football, people playing American football and text
त्यसपछि रश्मी कुमारी घिसिङको पासमा साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन् । इन्ज्युरी समयमा पेनाल्टी क्षेत्रभित्र साम्बालाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । गीताले पेनाल्टीमा गोल गर्दै नेपालको ४–० को जित पक्का गरिन् ।
नेपालले अब सेमिफाइनलमा मंगलबार लेबनानको सामना गर्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता जोर्डन र प्यालेस्टाइन खेल्नेछन् ।

May be an image of 2 people, people playing football, people playing American football and text

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०५:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार