दोस्रो उपत्यकाव्यापी कराते आजदेखि 

शनिबार, फागुन १२, २०८०

काठमाडौं । दोश्रो उपत्यकाव्यापी कराते प्रतियोगिता शनिबारदेखि आयोजना हुने भएको छ । प्रयागपोखरी डोजोका आयोजनामा ललितपुरमा आजदेखि सुरु हुने प्रतियोगितामा पुरुष÷महिलाको एकल कातासहित समान १०–१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जानकारी दिए ।  प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु ललितपुरको मंगलबजारमा हुनेछ ।  २०६७ सालमा पहिलो संस्करण भएपछि यो वर्ष उपत्यकाव्यापी करातेको दोस्रो संस्करण हुन लागेको हो । 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार