अन्तर स्कुल क्रिकेट : सरस्वती र अरनिको स्कुल फाइनलमा प्रवेश

शुक्रबार, फागुन ११, २०८०

विराटनगर  । विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र  अरनिको स्कुल विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् ।   नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताको शुक्रबार सम्पन्न पहिलो खेलमा कोशी मोडेल स्कुललाई सरस्वती स्कुलले ६ विकेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । जस्मा रविन मण्डलले सर्वाधिक ७० रनको योगदान दिए । सरस्वतीका अविशेक यादवले २ विकेट लिए । १ सय ५० रनको लक्ष्य पछ्याएको सरस्वतीले पुरै ओभर खेल्दै ६ विकेटको नोक्सानीमा सो विजयी लक्ष्य भेटाएको थियो । जस्मा म्यान अफ द म्याच अविशेक यादवले ५६ रन बनाउँदा शिवनन्दन यादवले ३७ रनको योगदान दिए ।

कोशीका अमन दुलाल र रितिक यादवले २–२ विकेट लिए । यस्तै, दोस्रो खेलमा अरनिको स्कुलले सत्यनारायण स्कुललाई सुपर ओभरमा पराजित गरी फाइनलमा प्रवेश गरेको छ  । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा  ६  विकेट गुमाई १ सय ३ रनको योगफल तयार पारेको थियो ।  म्यान अफ द म्याच अमर यादवले सर्वाधिक ३१ रनको योगदान दिए । सत्यनारायणका कुष्णकुमार यादव, सलमान कामत र आबाश यादवले १–१ विकेट लिए । १ सय ४  रनको विजयी लक्ष्य पाएको सत्यनारायणले निर्धारित ओभरमा ८ विकेट गुमाई १ सय ३ रन नै बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो । जस्मा  आकाश यादवले सर्वाधिक ४३ रनको योगदान दिए । अरनिकोका  अमन यादव र साइसोर कोइरालाले २–२ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार