नेपाली जुनियर ब्याडमिन्टन टोलीको बिदाइ

शुक्रबार, फागुन ११, २०८०

काठमाडौं । पाकिस्तानको इस्लामाबादमा मार्च ३ देखि ७ तारिखसम्म हुने दक्षिण एसियाली रिजनल यु–१५ तथा यु–१७ जुनियर ब्याडमिन्टन प्रतियोगितामा सहभागि हुने नेपाली ब्याडमिन्टन टोलीको बिदाइ गरिएको छ ।  ब्याडमिन्टनका विभिन्न कार्यक्रममा सहभागी हुने १० खेलाडीसहित १७ सदस्यीय टोलीको एक समारोहका बिच शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरे । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिदै शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।  यु–१७ टोली शनिबार पाकिस्तान जाने छ । यु–१७ को पुरुष खेलाडीमा कविर केसी, सुविन श्रेष्ठ र अमन डंगोल तथा महिलामा समृद्धि श्रेष्ठ र आस्ना श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतिस्पर्धाअघि खेलाडीले पाकिस्तानमै हुने प्रशिक्षण शिविरमा सहभागी हुने छन् । यु–१५ टोली फेब्रुअरी २ तारिखमा पाकिस्तान पुग्ने छ । पुरुष खेलाडीमा रिजन मगर, सुदेश राजकोटी र सदिप राई रहेका छन् । महिलामा रिहाना शेरचन र निभा राई छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार