सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालतमा 

बिहीबार, फागुन १०, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंको फैसलामाथि पुनरावलोकनको निवेदन लिएर उच्च अदालत पाटन गएका छन् । उनी बिहीबार निवेदन दर्ताका लागि आफ्ना कानुनव्यवसायीसहित उच्च अदालत पुगेका हुन् । जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाइएको थियो । जिल्ला अदालतको उक्त फैसला चित्त नबुझेको भन्दै उनले पुनरावेदन गरेका हुन् । पुनरावेदनको फैसला नआउञ्जेल भने उनी जेल बस्नुपर्ने छैन ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार