नेपाल ‘ए’लाई क्यानडाले जित्यो एक दिवसीय शृंखला 

बिहीबार, फागुन १०, २०८०

काठमाडौं । निर्णायक खेलमा नेपाल ‘ए’लाई पराजित गर्दै क्यानडा ११ ले क्रिकेटको एक दिवसीय शृंखला जितेको छ ।  बिहीबार भएको तेस्रो अर्थात अन्तिम खेलमा नेपाल ‘ए’ टीमलाई ४ विकेटले पराजित गर्दै क्यानडाले शृंखला २–१ ले जितेको हो । 
मूलपानी क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८ ओभर ५ बलमा मात्र ६ विकेट गुमाएर पूरा गर्‍यो । क्यानडाका लागि निकोलस किर्तनले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, आरोन जोन्सनले ४२ रन बनाए । 


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ टीम ४७ ओभरमा १८१ रनमा अलआउट भएको थियो ।  नेपालका लागि आशुतोष घिरैयाले २८, बसिर अहमदले २५, अर्जुन कुमारले २७, सुजन थपलियाले २०, रसिद खानले १९, प्रतिश जीसीले १९, कप्तान सन्दीप जोराले २४ र हेमन्त धामीले ६ रनको योगदान दिएका थिए ।  बलिङमा क्यानडाका हर्ष ठाकर, डिलोन हेलिगर र निकोलस किर्तोनले २–२ विकेट लिए । कलिम साना र साद बिन जफरले १–१ विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार