नामिबियासँग दुई विकेटले हार्‍यो नेपाल 

बुधबार, फागुन ९, २०८०

काठमाडौं । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत काठमाडौंमा जारी पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ ।  टियू क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले केवल १६९ रनको लक्ष्य दिएको थियो । नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
नामिबियाका लागि कप्तान जेर्हार्ड इरासमसले ५२ रनको योगदान दिए ।  त्यस्तै, माइकल भान लिंगेनले ३१ र जेजे स्मितले अविजित ३४ रन बनाए ।  नेपालका लागि कुशल भुर्तेलले तीन तथा ललित राजवंशी, रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए । जारी शृंखलामा नेपालले नामिबियासँगका दुवै खेल हारेको हो । 

Photo-(1)-(1)-1708514294.jpg

नेपालले शृंखलाको आफ्नो अन्तिम खेलमा अब नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ । पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोड्यो । नेपालका लागि आसिफ शेख ५८, कुशल मल्ल ३६, भीम सार्की २६ , कुशल भुर्तेल १८ र करण केसी १२ रन जोडेर आउट भए । 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार