ललितपुरमा टेबुल टेनिस खेलको विकासका लागि कोरियाले सहयोग गर्ने 

सरोकारवाला संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर 
बुधबार, फागुन ९, २०८०

ललितपुर : दक्षिण कोरियाको छियोङ याङ स्पोटर््स काउन्सिलले ललितपुर जिल्लामा टेबुल टेनिस खेलको विकासका लागि सहयोग गर्ने भएको छ । 
ललितपुर जिल्ला खेलकुद विकास समिति, ललितपुर जिल्ला टेबलटेनिस संघ र दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलबीच ललितपुर जिल्लामा टेबुल टेनिस खेलको विकासका लागि सहयोग गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो ।  समझदारी पत्रमा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला टेबल टेनिस संघका अध्यक्ष आशिष अवाले, दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलका अध्यक्ष हान क्वाङ सुक र छियोङ याङ टेबलटेनिस संघका अध्यक्ष मिन क्युङ होले समझदारी पत्रमा हस्ताक्षर गरे ।

lmc2-1708509287.jpg

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्य उपस्थित थिए । 
ललितपुर जिल्लामा विशेष गरी टेबलटेनिस खेलको विकास, पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षक आदान–प्रदान गर्ने विषय समmदारी पत्रमा उल्लेख छ । ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले ललितपुर जिल्लाको तीन वटा गाउँपालिकामा टेबुलटेनिसको विकास अत्यावश्यक भएको बताए । उनले भने, ‘ती पालिकामा त टेबुल टेनिस के हो नै बुझाउनुपर्ने अवस्था छ , त्यसैले ती पालिकामा यो खेलको विकासका लागि सहयोग गरौं ।’ ललितपुर जिल्लामा एक महानगर, दुई नगरपालिका र तीन गाउँपालिका छन् ।  ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरले पनि ती पालिकामा टेबुल टेनिस खेलको विकासको लागि सहयोग गर्ने बताए । दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलका अध्यक्ष हान क्वाङ सुकले ललितपुरको खेलकुद विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । छियोङ याङ टेबलटेनिस संघका अध्यक्ष मिन क्युङ होले ललितपुरमा खेलकुद विकासका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार