सभापति देउवाले भने “म पनि हिन्दू राष्ट्र पक्षधर हूँ”

बुधबार, फागुन ९, २०८०

काठमाडौं । नेपाली कांग्रेका सभापति शेरबहादुर  देउवाले आफू पनि हिन्दू राष्ट्र नेपालको पक्षमा रहेको बताएका छन् । तर अहिले उपयुक्त समय नभैसकेकाले आफू खुलेर समर्थन गर्न असमर्थ भएको पनि सभापति देउवाले स्पष्ट गरेका छन् ।
नेपाली कांग्रेस वैदिक सनातन हिन्दू राष्ट्र पुनस्थापना राष्ट्रिय अभियानका प्रतिनिधिहरुसँग आफ्नै निवासमा छलफल गर्दै सभापति देउवाले अभियान सम्बध्द सूत्रले नेपाल न्यूज बैंकसँग बतायो । 
सभापति देउवाको भनाई उदृत गर्दै सूत्रले भन्यो, “म पनि हिन्दू राष्ट्रको पक्षधर नै हूँ तर अहिले नै खुलेर समर्थन गर्दा द्वन्द हुनसक्छ, फुकेर हिँड्नुपर्ने समय छ । त्यसैले उपयुक्त समय कुर्नुपर्छ ।”
सभापति देउवासँग अभियानका संयोजक शंकर भण्डारी, उपसंयोजकहरु लोकेश ढकाल र देवेन्द्र कँडेल, कोषाध्यक्ष भानुभक्त ढकाल, सदस्यहरु मुक्तादेबी यादव, भीम पराजुली र गेहेन्द्र गिरी सहभागी थिए । 
अभियानले अहिलेसम्म ९ सय पचास महासमिति सदस्यहरुको समर्थन जुटाईसकेको जनाएको छ । १९ सय पचास दर्ता भएका महासमिति सदस्यहरुको बहुमत समर्थन जुट्ने अभियानको भनाई छ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार