क्यानडा ११ले नेपाल ‘ए’लाई दियो २४१ रनको लक्ष्य 

मंगलबार, फागुन ८, २०८०

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा क्यानडा ११ ले नेपाल ‘ए’लाई जितका लागि दुई सय ४१ रनको लक्ष्य दिएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको क्यानडा ११ ले ४९।५ ओभरमा अलआउट हुँदै २४० रन बनायो । 
उसका लागि श्रेयस मोब्बाले सर्वाधिक ६८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, नभनीत धलिवाल ४६, श्रीमन्थ विजयरत्ने ४१, आरोन जोनसन ३६, डिलोन हेलिगर १६ रनमा बनाए । 
नेपालका साहब आलमले तीन, रसिद खान र शेर मल्लले समान दुई–दुई तथा सागर ढकाल र बसीर अहमदले एक–एक विकेट लिए । 
नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ । 
यसअघि भएको पहिलो खेलमा क्यानडा ११ ले नेपाल ‘ए’ लाई चार विकेटले पराजित गरेको थियो।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार