‘बालअधिकारका लागि सबैको भूमिका एकै प्रकारको हुनुपर्छ’

मंगलबार, फागुन ८, २०८०

काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाले बालअधिकारका क्षेत्रमा काम गर्ने सबै निकायको भूमिका एकै प्रकारको हुनुपर्ने बताएका छन् । 
मंगलबार बालअधिकार प्रणाली सुदृढीकरणका लागि परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष बानियाँले बालअधिकारको क्षेत्रमा काम गर्ने निकायहरुमा राजनीतिक प्रभाव पर्न नहुने बताएका हुन् । 
उनले भने, ‘बाल अभिकारलाई संघ, प्रदेश र स्थानीय तहहरुमा बाल अधिकार प्रणाली सुदृढीकरण गर्न एड्भोकेसी होइन, फिल्डमा काम गर्नुपर्यो । नागरिक संघ संगठनका निकायमा जस्तो पात्र पनि आउनसक्ने भएकाले हामी सँधै एकनास हुनुपर्छ । बाल अधिकारका क्षेत्रमा काम गर्ने निकायमा राजनीतिक प्रभावमा पर्नु हुदैन भन्ने हो ।’
नागरिक समाजको आपसी खिचातानीका कारण बालबालिकाका मुद्दा ओझेलमा परेको उनको भनाइ थियो । आर्थिक र स्रोतको समस्या नभई सकारात्मक सोचका साथ काम गर्नुपर्ने उनको भनाइ थियो ।
बालबालिकामा क्षेत्रका लागि लगानी सम्मेलन गर्दै बालबालिकाको भविष्य सुनिश्चित गर्नुपर्ने भन्दै उनले भने, ‘बालबालिकामा लागानी ः सुरक्षित भविष्यको थालनी त भन्यौं तर कति काम गर्यौ त हामीले रु एजेण्डाले हरेक क्षेत्रमा अर्थ राख्दछ । अब बालवालिकाको क्षेत्रमा लगानी सम्मेलन गरेर बजेट कोर्टको बारेमा सोचौं । हाम्रो समस्या अर्थतन्त्र र स्रोतमा होइन सोचमै छ ।’
०००

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार