अन्तरपालिका महिला फुटबलः खेल तालिका सार्वजनिक

मंगलबार, फागुन ८, २०८०

विराटनगर । फागुन १० देखि १९ गतेसम्म इलाममा हुने ‘प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल प्रतियोगिता’ को खेल तालिका सार्वजनिक गरिएको छ ।
माइभ्याली फुटबल क्लबले प्रतियोगितामा आयोजना हुने प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा देउमाई नगरपालिका र रोङ गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।
स्थानीय खेलाडी महिलाको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय तहसम्मका प्रतिस्पर्धामा सहभागी हुन सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष दिनेश काफ्लेका अनुसार प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँसहित ट्रफी पाउने छ । उपविजेता टिमले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।
प्रतियोगिताको फाइनल खेलका दिन विभिन्न समयमा इलामबाट राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी महिला खेलाडीलाई सम्मान गर्ने कार्यक्रम पनि तय भएको काफ्लेले बताए ।
प्रतियोगिताका लागि करिब नौ लाख रुपैयाँको आय–व्यय अनुमान गरिएको छ । प्रत्येक दर्शकबाट अन्य दिन ५० रुपैयाँ र फाइनलको दिन सय रुपैयाँ प्रवेश शुल्क उठाइने भएको छ । 
अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिनेछ भने विद्यार्थीलाई आधा छुट दिने आयोजक क्लबका सन्तोष भक्तराजले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार