उपाधिका लागि दीपेन्द्रशिखर र मानेभञ्ज्याङ भिड्दै

सोमबार, फागुन ७, २०८०

विराटनगर । ओएसिस महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज फाइनल खेल हुँदैछ । इलामको ठूलो टुँडिखेलमा जारी प्रतियोगिताको फाइनलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसी र इलाम, रोङको दीपेन्द्रशिखर एफसी उपाधिका लागि भिड्दैछन् । 
शनिबारको पहिलो सेमिफाइनलमा मानेभञ्ज्याङले सप्तरीको नमोबुद्धलाई १(० गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।
दोस्रो सेमिफाइनलमा दीपेन्द्रशिखरले झापाको बिर्तामोड युनाइटेडलाई २(० गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
प्रतियोगिता अखिल नेपाल फुटबल संघ ९एन्फा० र जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन भएको हो ।
प्रतियोगितामा पाँचथर एफसी, इलामको दीपेन्द्र शिखर,सप्तरीको नमोबुद्ध, इलामको देउमाई युनाइटेड, झापाको बिर्तामोड युनाइटेड लगायत टिमकोसहभागिता थियो ।
प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै, उपविजेता टिमले एक लाख रुपैयाँसहित ट्रफी पाउनेछ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार