नामिबियाको कसिलो बलिङ, नेपालले दियो १३३ रनको झिनो लक्ष्य 

बिहीबार, फागुन ३, २०८०
Global Ime Bank

काठमाडौं ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा नामिबियाको कसिलो बलिङमा नेपाल १३२ रनमा अलआउट भएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभर १ बलमा १ सय ३२ रनमा अल आउट भयो । खराब सुरुआत गरेको नेपालका ओपनर कुशल भुर्तेल पहिलो ओभरको पहिलो बलमै अलआउट भए । नेपालका भीम सार्कीले सबैभन्दा धेरै ४४ रन बनाए । यस्तै गुलसन झा २१, करण केसी १६, कुशल मल्ल १५, पवन सर्राफ १२ रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नामिबियाका गेरहार्ड इरासमसले ५ विकेट लिए । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको पहिलो शृंखला आजदेखि शुरु भएको हो । यो शृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार