सोसल मिडिया
Contact Us
युनिकोड
विराटनगर । इलाममा प्रथम ओएसिस महिला फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । सदरमुकामस्थित ठूलो टुँडिखेलमा प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिता अखिल नेपाल फुटबल संघ ९एन्फा० र जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ । अपराह्न १ बजे सुरु हुने उद्घाटन खेलमा आयोजक क्लब ओएसिस र भारत, दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । आजै हुने दोस्रो खेलमा पाँचथर र इलामको दीपेन्द्र शिखरले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सप्तरीको नमोबुद्ध, इलामको देउमाई युनाइटेड, झापाको बिर्तामोड युनाइटेड र भारतको पटना सिटीको पनि सहभागिता हुनेछ । प्रतियोगिताअन्तर्गत फागुन ७ गते फाइनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले एक लाख रुपैयाँसहित ट्रफी पाउनेछ ।