नेपाल र क्यानडाबीचको खेल सुरु, नेपालले दियो क्यानडालाई व्याटिङको निम्तो 

सोमबार, माघ २९, २०८०
Global Ime Bank

काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर क्यानलाडाई व्याटिङको निम्तो दिएको छ ।  सोमबार टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले आजको खेलमा तीव्र गतिका युवा बलर हेमन्त धामीलाई डेब्यु गराएको छ । सोमपाल कामीको स्थानमा हेमन्तलाई डेब्यु गराइएको हो ।

Image
पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको नेपाल आज अन्तिम खेल जितेर सिरिजमा क्लिन स्वीप गर्ने लक्ष्यमा छ । यस्तै, क्यानडाका टोली पनि सिरिजमा आफ्नो पहिलो सान्त्वना जितको खोजिमा मैदान प्रवेश गर्नेछन् । 

Image

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार