सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाविरुद्ध जारी सिरिजको अन्तिम खेल खेल्दैछ । सुरुवाती दुवै खेल जितेर २–० ले सिरिज पक्का गरिसकेको नेपाल घरेलु सिरिजमा पहिलो पटक क्लिनस्विप गर्ने प्रयासमा हुनेछ । कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्ड गर्ने निर्णय लिएका छन् । हेमन्त धामीले डेब्यु गर्ने भएका छन् । नेपालले कुल ४ परिवर्तन गरेको छ । पछिल्लो खेलबाट भीम सार्की, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेख टोलीबाट बाहिर हुँदा आरिफ शेख, ललित नारायण राजवंशी र कुशल भुर्तेल टोलीमा फर्केका छन् । हेमन्त डेब्यु गर्दैछन् ।
नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, कुशल भुर्तेल, ललित नारायण राजवंशी
बेन्च ः भीम सार्की, रिजन ढकाल, सोमपाल कामी, आसिफ शेख क्यानडाको प्लेइङ ११ ः आरोन जोन्सन, नवानित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जाफर (कप्तान), दिलप्रित बज्वा, श्रेयास मोभा, इश्वरजोत सोहि, पर्गत सिंह, उदय भगवान सिंह