सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालका ओपनर अनिलकुमार शाहले क्यानडाविरुद्ध आक्रामक अर्धसतक बनाएर आउट भएका छन् । कीर्तिपुर मैदानमा दुई सय ८६ रनको लक्ष्य पछ्याएको नेपालको लागि अनिलले १९ बलमा ५० रन बनाएका हुन् । २०औं बलमा भने एलबिडब्लु धरापमा परेका थिए । कुशल भुर्तेलको स्थानमा राष्ट्रिय टोलीमा पुनरागमन गरेका अनिलले पहिलो खेलमै आफ्नो प्रभाव देखाएका हुन् । २५ वर्षीय अनिलको एकदिवसीयमा पहिलो अर्धसतक हुन् । उनले हालसम्म राष्ट्रिय टोलीबाट चार खेल खेलेका छन् । अनिल र आसिफले २६ बलमा ५० रनको साझेदारी गरेका छन् । आसिफ ७ रन बनाएर आउट भए । नेपाल ९.२ ओभरमा ७२ रन बनाउँदै २ विकेटकाे क्षतिमा खेलिरहेकाे छ ।