सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । क्यानडाले ओडीआई सिरिजको दोस्रो खेलमा नेपालसामु २ सय ८६ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोड्यो । ओपनर आरोन जोन्सन र नवनित धलिवालले क्यानडाका लागि राम्रो सुरुवात दिलाउँदै सर्वाधिक योगदान पनि दिएका थिए । जोन्सनले ६५ रन जोड्दा नवनित ओडीआईको पहिलो अर्धशतकबाट २ रनले चुके ।
कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले राम्रो सुरुवात गरेपनि नेपालले मध्यक्रममा लगातार विकेट लिँदै खेलमा फर्केको थियो । ओपनर आरोन जोन्सनले अर्धशतक बनाउँदा अर्का ओपनर नवनित धलिवल भने ४६ रनमा आउट भए । पहिलो विकेटका लागि यी दुईले ९४ रन जोडेका थिए । १९ औं ओभरमा आकाश चन्दले धलिवललाई कट बिहाइन्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
त्यसपछि २३ औं ओभरमा जोन्सन रनआउट भए । ६२ बलमा १० चौका र २ छक्कासहित ६५ रनमा खेल्दा उनी सिंगल चोर्ने प्रयासमा भीम सार्कीको थ्रोमा रनआउट भएका थिए । त्यसपछि तेस्रो विकेटका लागि पर्गत सिंह र निकोलस किर्तनले ५३ रनको साझेदारी गरे । कप्तान रोहितले दुवैलाई आउट गर्दै नेपाललाई खेलमा फर्काए । पर्गत ३८ बलमा ३८ रन जोड्दै सोमपालको हातबाट समातिए । त्यस्तै किर्तन २० रनमा स्टम्पिङ आउट भए । ३५ औं ओभरमा सूर्यले हर्ष ठाकरलाई ३ रनमा कट बिहाइन्ड गराए । सूर्यको ओडीआई करिअरमा यो पहिलो विकेट समेत हो । उनले विहीबार भएको पहिलो खेलमा डेब्यु गरेका थिए । ३९ औं ओभरमा कुशल मल्लले दिलप्रित बज्वालाई बोल्ड गर्दै क्यानडालाई २१२÷६ को स्थितिमा पु¥याए । दिलप्रितले २ चौका र १ छक्कासहित १९ रन जोडे । ४१ औं ओभरमा कप्तान साद बिन जफर कुशलकै बलमा क्याच आउट भए । पवन सर्राफले ४५ औं ओभरमा शाहिद अहमदजाइलाई १३ रनमा बोल्ड गरे । नवौं विकेटका लागि श्रेयस मोभा र उदय भगवानले रनको ४६ रनको साझेदारी गरे । मोभाले अन्तिम बलमा क्याच आउट हुनुअघि ४० रन बनाए । भगवान २० रनमा नटआउट रहे ।
नेपालका लागि रोहित पौडेल र कुशल मल्लले २–२ विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा १–१ विकेट रह्यो । नेपालले पछिल्लो खेलबाट आज टोलीमा ३ परिवर्तन गरेको छ । आकाश चन्दले डेब्यु पाउँदा अनिल शाह र देव खनाल टोलीमा छन् । क्यानडाले एक परिवर्तन गर्ने क्रममा डिलोन हेलिगरको स्थानमा दिलप्रित बज्वा टोलीमा आएका छन् । नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, भीम सार्की, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, सोमपाल कामी, आकाश चन्द
बेन्च : हेमन्त धामी, कुशल भुर्तेल, आरिफ शेख, ललित नारायण राजवंशी
क्यानडाको प्लेइङ ११ : आरोन जोन्सन, नवानित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जाफर (कप्तान), दिलप्रित बज्वा, श्रेयास मोभा, इश्वरजोत सोहि, पर्गत सिंह, उदय भगवान सिंह