प्याब्सन स्पोर्टस् :  ८ विद्यालय क्वारटरफाइनलमा

शुक्रबार, माघ २६, २०८०

विराटनगर । १३औं संस्करणको प्याब्सन स्पोट्र्स मिट अन्र्तगत बिहीबार भएको प्याब्सन प्रेसिडेन्ट कप यू–१५ फुटबल प्रतियोगितामा ८ वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।

विराटनगरको जुट मिल र डिग्री क्याम्पसको खेलमैदानमा भएको खेलमा विराटनगरको सेन्ट जोसेफ, बेलबारीको शिक्षा सदन, पथरीको एभरेष्ट, अन्नपूर्ण, हरैचा मोडल, बेलबारीको भुपु सैनिक, सुनगाभा र पथरीको सिंहदेवी स्कुल क्वाटरफाइनलमा पुगेका हुन् ।

विराटनगर जुट मिलको खेलमैदानमा भएको पहिला खेलमा ग्रामथान गाउँपालिकामा रहेको जनक मेमोरियल स्कुललाई सडन डेथमा १३–१२ गोलले हराउँदै विराटनगरको सेन्टजोसेफ स्कुल अन्तिम आठमा पुगेको छ । 

यसैगरी रतुवामाइको मुनाल आदर्श स्कुललाई ३–० गोलले निरास बनाउँदै बेलबारीको शिक्षा सन्देश स्कुल विजय भएको छ । शिक्षा सन्देश स्कुलका आशिष मगरले ह्याट्रिक गर्दै टिमलाई क्वाटरफाइलनमा पुर्याए । खेलको म्यान अफ द म्याच पनि आशिष भए ।

तेस्रो खेलमा विराटनगरको ग्यालेक्सी स्कुललाई पथरीको एभरेष्ट स्कुलले १–० गोलले हराउँदै एभरेष्ट अन्तिम आठमा पुगेको छ । जितको लागि निर्णायक गोल एभरेष्टका सञ्जीव तामाङ्गले गरे । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए ।

चौथो खेलमा उर्लाबारीको विद्या ज्योती स्कुलले पथरीको अन्नपूर्ण स्कुललाई २–० गोलले पराजित गर्यो । अन्नपूर्णका युगल राई र सुजल गुरुङले समान १–१ गोल गरे । खेलको म्यान अफ द म्याच अन्नपूर्णका युगल घोषित भए ।

यसैगरी, डिग्री क्याम्पसको खेलमैदानमा भएको पहिलो खेलमा हरैँचा मोडल स्कुलले विराटनगरको सगरमाथा स्कुलललाई १–० गोलले हरायो । जितको लागि निर्णायक गोल हरैँचा मोडलका एलन श्रेष्ठले गरे । उनी म्यान अफ द म्याच पनि घोषित भए ।

दोस्रो खेलमा बेलबारीको भुपु सैनिक स्कुलले सुन्दर हरैचाको सिद्धार्थ स्कुललाई टाइब्रेरकमा ३–२ गोलले जित्यो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो ।

तेस्रो खेलमा उर्लाबारीको सुनगाभा बोर्डिङ स्कुलले पशुपति आवसीय विद्यालयलाई टाइब्रेरकमा ४–३ गोलले निरास बनायो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि खेल टाइब्रेकर भएको थियो ।

चौथो खेलमा पथरीको सिंहदेवी स्कुलले बेलबारीको बालमिकी स्कुललाई १–० गोलले हराउँदै सिंहदेवीले जितेको छ । निर्णायक गोल सिंहदेवीका गणेश बहादुर राईले गरे । बालमिकी स्कुलका उमेश राना मगर म्यान अफ द म्याच घोषित भए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा सुरु भएको प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुनेछ ।

स्पोट्र्स मिटमा जिल्लाभरका २१० वटा प्याब्सनमा आवद्ध सदस्य विद्यालयबाट ३ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने प्याब्सन अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार