जाजारकोटमा अमेरिकाको १३ लाख ७० हजार डलर सहयोग

बिहीबार, माघ २५, २०८०

काठमाडौं । जाजरकोटमा गएको विनाशकारी भूकम्पपछिको पुर्नउत्थानका लागि अमेरिकी सरकारले युएसएआईडीमार्फत १३ लाख ७० हजार डलर सहयोगको घोषणा गरेको छ । 
गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरोत्थानको प्रयासमा सहयोग गर्न १३ लाख ७० हजार डलर अर्थात १८ करोड १७ लाख बढी नेपाली रुपैंयाँ सहयोग गर्ने घोषणा गरेको हो । 
२०८० कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको ५।६ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १ सय ५४ जनाको ज्यान गएको थियो । साथै सयौँ घाइते भएका थिए । घर तथा भवनहरूमा क्षति पुग्दा व्यापक विस्थापन हुनपुग्यो, अत्यावश्यक सेवाहरूको प्रवाहमा व्यवधान आइपरेको थियो । आश्रय, खाना, सफा पानी तथा स्वास्थ्य सेवाको तत्काल आवश्यकता सिर्जना भएको थियो । 
सेभ द चिल्ड्रेनमार्फत कार्यान्वयन गरिएको युएसएआईडीको सहयोगले भूकम्प प्रभावित समुदायलाई जाडोको सामना गर्न, भूकम्पले गरेको विनाशबाट तङ्ग्रिन र अन्ततः सुरक्षित पुनर्निर्माण गर्न मद्दत दूताबासले जनाएको छ । 
सन् २०१९ देखि युएसएआईडीले कर्णालीमा विपद् जोखिम न्यूनीकरण र उत्थानशीलताका लागि गर्दैआएको २ करोड ३३ लाख डलरभन्दा बढी लगानीका अतिरिक्त प्रदान गरेको थियो । साथै, आगामी महिनाहरूमा दीर्घकालीन पुनरोत्थान, पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई निरन्तरता दिइने पनि दूताबासले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार