टी–२० राष्ट्रिय क्रिकेट फागुन २२ देखि

बिहीबार, माघ २५, २०८०

विराटनगर । फागुन २२ गतेदेखि प्रथम कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
क्रिकेट संघ मोरङको आयोजनामा हुने प्रतियोगिता विराटनगर–१९ स्थित बैजनाथपुरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने जनाइएको छ । १२ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमले २३ म्याच खेल्ने छन् ।
कोशी प्रदेश सरकारको आर्थिक सहयोग रहने प्रतियोगिता सञ्चालनमा करिव ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद सादकुरेसीले बताए ।
प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख र उपविजताले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् । यसैगरी, विभिन्न विधामा खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार