टस जितेर क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

बिहीबार, माघ २५, २०८०

काठमाडौं । अन्तर्राष्ट्रिय त्रिदिवसीय श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । यससँगै क्यानडाले पहिला फिल्डिङ गर्ने भएको छ । 
दुवै टिम खेलमा विजयी हुँदै सिरिजमा विजयी सुरुवात गर्ने उदेश्यका साथ मैदानमा उत्रिएका छन् । 
यो श्रृंखलाका नेपालकातर्फबाट रोहित पौडेल र क्यानडाकातर्फबाट साद बिन जाफरको कप्तानीमा दुई टोलीमा मैदानमा छन् । नेपाल घरेलु मैदान, कन्डिसन र समर्थकको भरपुर फाइदा उठाउने दाउमा छ । 
क्यानडाको मुख्य प्रशिक्षकमा पुबुदु दसानायिके छन् । नेपालका पूर्व सफल प्रशिक्षक दसानायिकेलाई नेपालको कन्डिसन, खेलाडीको कमजोरी र बलियो पक्ष दुवै थाहा छ । नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ । करण केसी र गुलशन झा यस सिरिजमा छैनन् । आकाश चन्द, हेमन्त धामी र रिजन ढकाल पहिलो पटक नेपालको टोलीमा परेका हुन् । 
उता क्यानडाका प्रमुख तीव्र गतिका बलर कलिम साना चोटका कारण खेल्ने वा नखेल्ने द्धिविधामा छन् । कप्तान साद बिन जाफर पाकिस्तानी मुलका बायाँ हाते स्पिनर हुन् । बाँया हाते स्पिनरविरुद्ध नेपाली ब्याटरको इतिहास त्यति राम्रो छैन । ३२ वर्षीय ओपनर ब्याटर आरोन जोनसन आक्रामक ब्याटर हुन् । उनले क्यानडाबाट राम्रो प्रदर्शन गर्दै आएका छन् । 
सन् २०१८ मा उनले डिभिजन टुमा नेपालविरुद्ध शतक हानेका थिए । त्यस्तै, भारतीय मुलका ब्याटर परगत सिंहले यसै साता हङकङविरुद्ध १२६ रनको शतकीय इनिङ खेलेका थिए ।
सिरिज अन्तर्गतको अर्को खेल शनिबार र अन्तिम खेल सोमबार हुनेछ । २०१८ मा करण केसी हिरो बन्दै क्यानडामाथि एक विकेटको रोमान्चक जितका साथ ओडीआई मान्यताको सम्भावना खुलाएका थिए । त्यसपछि नेपालले क्रिकेटमा फड्को मार्दा क्यानडाले संघर्ष गर्दै आएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार