कुशल अर्धशतक बनाएर आउट

बिहीबार, माघ २५, २०८०

काठमाडौं । ओपनर कुशल भुर्तेल क्यानडाविरुद्ध पहिलो ओडीआई खेलमा आक्रामक अर्धशतक बनाएर पेभेलियन फर्केका छन् । कुशल ५८ बलमा ६२ रनको योगदान दिंदै क्यानडाका कप्तान साद बिन जफरको बलमा स्टम्पिङ आउट भए । उनले ९ चौका र ३ छक्का प्रहार गरेका थिए ।
नेपाल २३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १ सय ११ रनको स्थितिमा छ । क्रिजमा भीम सार्की १४ रन र कुशल मल्ल १ रन जोड्दै खेलिरहेका छन् ।
त्यसअघि नेपालले दशौं ओभरको पहिलो बलमा आसिफ शेखलाई गुमाएको थियो । पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेपछि आसिफ उदय भगवानको बलिङमा नभ्नित धलिवालको हातबाट थर्ड म्यान क्षेत्रमा समातिए ।
कप्तान रोहित १५ औं ओभरमा इश्वरजोत सोहिको शिकार बने । ८ रन जोडेको अवस्थामा उनी एज लाग्दै पोइन्टमा हर्ष ठाकरबाट क्याच भएका थिए ।
टस जितेर कप्तान रोहित पौडेलले पहिलो ब्याटिङ रोजेका हुन् । नेपालले आजको खेलमा २ खेलाडीलाई डेब्यु दिएको छ ।
बागमती प्रदेशका रिजन ढकाल र सूर्य तामाङले डेब्यु गर्दैछन् । पवन सर्राफले सिनियर टोलीमा पुनरागमन गर्दै प्लेइङ-११ मा स्थान बनाएका छन् । 
नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, ललित राजवंशी, सोमपाल कामी

 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार