संस्कृति जर्गेनाका लागि ललितपुर महानगरपालिका २४ नं.वडाद्धारा धिंमे बाजा हस्तान्तरण (भिडियो) 

प्रशिक्षार्थी सात वर्षिय बालकले बजाए धिंमे बाजा
मंगलबार, माघ २३, २०८०

मालीगाउँ(धापाखेल) । ‘कला र संस्कृतिको जर्गेना सभ्य र अनुशासित समाजको चाहना’ नारासहित ललितपुर महानगरपालिका  २४ नं. वडा धापाखेलस्थित माली टोलका २४ जना युवा युवतीले सुरु गरेको धिंमे बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगर २४ नं. वडाको सहयोगमा माली धिंमे खललाई आवश्यक वाद्यवाधनका सामग्री उपलब्ध गराइ पाँच महिनादेखि सुरु भएको धिंमे बाजा प्रशिक्षण सकिएको छ । गत शनिबार माली गुठी भवनमा आयोजिक एक समारोहमा प्रशिक्षार्थीलाई वडा नं २४ का वडाअध्यक्ष दिनेशजंग पाण्डेसहितका जनप्रतिनिधि इन्द्रा श्रीश, निशा मालबुल, उद्धब बस्नेत तथा ज्येष्ठ सदस्य हरिककृष्ण महर्जनले प्रमाणपत्र तथा बाद्यवाधन सामग्री हस्तान्तरण गरी प्रशिक्षण कार्यक्रमको समापन गरिएको हो । प्रमाणपत्र वितरणसहित बाद्यवान सामग्री हस्तान्तरणका लागि वडाका जनप्रतिनिधि माली भवन पुग्नु भएको थियो ।

Indra--1707174518.jpg
गत भदौ १८ गतेबाट सुरु भएको धिंमे बाजा बजाउने तथा धिँमे बाजामा नृत्य गर्ने प्रशिक्षण माघ ११ गतेसम्म पाँच महिनासम्म चलेको थियो । प्रशिक्षणमा माली समुदायका २४ जना युवा युवतीको सहभागिता रहेको थियो । धिँमे बाजा प्रशिक्षणमा ७ वर्षका बालक पनि सहभागी भएका थिए । उनले बजाएको धिँमेको धुन सुनेर कार्यक्रमका प्रमुखअतिथिसहितका जनप्रतिनिधि एवम् सहभागी मन्त्रमुग्ध भएका थिए । २४ जना प्रशिक्षार्थीलाई प्रमुख प्रशिक्षक निरन माली तथा जगतलाल मालीले प्रशिक्षित गर्नु भएको हो ।

IMG_8888-(2)-1707174517.jpg

माली धिंमे खलःका अध्यक्ष अमृतमान मालीको अध्यक्षतामा आयोजित कार्यक्रमममा वडा नं २४ का वडाअध्यक्ष दिनेशजंग पाण्डले वडा कार्यालय संस्कृति संरक्षणमा सधैँ तत्पर रहेको बताउनुभयो । कार्यक्रममा प्रशिक्षार्थीले धिँमे बाजा बजाउनुका साथै नृत्य पनि प्रस्तुत गरेका थिए । माली धिंमे खलःका तर्फबाट कार्यक्रमका प्रमुख अतिथिसहितका जनप्रतिनिधि तथा आमन्त्रित महानुभावहरूलाई आकर्षक कप मायाको चिनो स्वरुप हस्तान्तरण गरिएको थियो ।    

Basnet--1707174611.jpg
IMG_8891-(2)-1707174517.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार