बीपी प्रतिष्ठानको समस्या समाधान गर्न ध्यानाकर्षण

सोमबार, माघ २२, २०८०

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि सांसदहरुले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गराएका छन् । सुनसरीबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले प्रतिष्ठानको समस्या समाधान गरिदिन मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले प्रतिष्ठान विभिन्न कारणले धरासायी बन्दै गइरहेको र केही महिनायता  चिकित्सक तथा कर्मचारीले स्वाभाविक रुपमा हुनुपर्ने आफ्नो पद तहको बढुवा तथा स्तरोन्नतिको माग राखी आन्दोलन गरिरहेकाले विद्यार्थीको पढाई र बिरामीको उपचार प्रभावित भइरहेको उनीहरुको भनाइ छ । सांसदहरुले मुख्यमन्त्री कार्कीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘प्रदेशको मुख्यमन्त्री तथा स्वास्थ्यमन्त्री समेत भएकाले सम्बन्धित प्रतिष्ठानका पदाधिकारी र संघीय सरकारसँग आवश्यक समन्वय र सहजीकरण गरी समस्याको तत्काल निराकरण गर्न अति आवश्यक भएकाले हामी सुनसरी जिल्लाका तत्काल उपलब्ध प्रदेश सभा सदस्यहरुले यो ध्यानाकर्षण माननीय मुख्यमन्त्रीज्यू समक्ष प्रस्तुत गरेका छौं ।’ ध्यानकर्षण पत्र बुझाउन एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीको नेतृत्वमा गएको टोलीमा प्रदेश सांसदहरु रमेशकुमार बस्नेत, विजयकुमार राई, रामप्रसाद महतो, रोहितबहादुर कार्की, रामदेव यादव र मीना श्रेष्ठलगायत सहभागी थिए ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार